ग्लोबल


बहराइच हिंसा मुद्दाको फैसला : मुख्य कसुरदारलाई मृत्युदण्ड, ९ जनालाई आजीवन जेल

बहराइच हिंसा मुद्दाको फैसला : मुख्य कसुरदारलाई मृत्युदण्ड, ९ जनालाई आजीवन जेल

राम गोपालको घर बाहिरको दृश्य।


नेपालखबर
मंसिर २५, २०८२ बिहिबार २१:२१, काठमाडौँ

भारतको उत्तर प्रदेशमा पर्ने बहराइच जिल्लाको महाराजगन्ज क्षेत्रमा २०२४ अक्टोबर १३ मा दुर्गा मूर्ति विसर्जन जुलुसका क्रममा भएको साम्प्रदायिक हिंसाको मुद्दामा १ जनालाई मृत्युदण्ड र ९ व्यक्तिलाई आजीवन कारावास सुनाइएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार अदालतले मुख्य कसुरदार सरफराजलाई मृत्युदण्ड सुनाएको हो।

उक्त हिंसामा राम गोपाल मिश्रा नामका युवकलाई गोली हानी मारिएको थियो। 

बहराइचको प्रथम अतिरिक्त जिल्ला न्यायाधीश पवन कुमार शर्माको अदालतले १३ महिना २६ दिन लगाएर मुद्दाको फैसला गरेको हो।

१३ जनाविरुद्ध मुद्दा दर्ता गरिएकामा अदालतले हिंसा र हत्या कसुरमा १० जनालाई दोषी ठहर गर्‍यो भने ३ जनालाई सफाइ दिएको छ।

सहायक जिल्ला सरकारी वकिल प्रमोद कुमार सिंहका अनुसार दोषी ठहरिएकाहरूमा अब्दुल हमिद, सरफराज (मृत्युदण्ड), मोहम्मद तालिब, फहिम, जिसान, मोहम्मद सैफ, जावेद, सोएब, नान्कु र मारुफ छन्। अनि प्रमाणको अभावमा खुर्सिद, सकिल र अफजललाई सफाइ दिइयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad