ग्लोबल


साउदीमा बस दुर्घटना हुँदा एकै परिवारका १८ सदस्यसहित ४५ भारतीयको मृत्यु

साउदीमा बस दुर्घटना हुँदा एकै परिवारका १८ सदस्यसहित ४५ भारतीयको मृत्यु

दुर्घटनामा मृत्यु भएकामध्ये ७ जना। तस्बिर : दैनिक भास्कर


नेपालखबर
मंसिर १, २०८२ सोमबार २१:१, काठमाडौँ

सोमबार राति साउदी अरबमा भएको गाडी दुर्घटनामा ४५ भारतीयको मृत्यु भएको छ।

मक्काबाट मदिना जाँदै गरेको बस डिजेल ट्यांकरसँग ठोकिएर आगलागी हुँदा भारतीय १८ महिला, १७ पुरुष र १० बालबालिकाको मृत्यु भएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ। 

दुर्घटनामा एक जना मात्र बाँचेका छन्। उनको नाम मोहम्मद अब्दुल सोएब (२४) हो, जो चालकको छेउमा बसिरहेका थिए। दुर्घटनापछि उनलाई तुरुन्तै अस्पताल लगिएको थियो। अहिले उनको उपचार सरकारी अस्पतालमा भइरहेको छ।

मृतकमध्ये १८ जना एकै परिवारका थिए, जसमा नौ बालबालिका र नौ वयस्क थिए। यो परिवार हैदराबादका थियो र शनिबार भारत फर्कने तयारीमा थियो।

मृतकमध्ये धेरैजसो हैदराबादका भएको विश्वास गरिएको छ। दुर्घटना मदिनाबाट लगभग २५ किलोमिटर टाढा मुहरासनजिकै सोमबार राति १:३० बजे भएको थियो। जतिबेला धेरै यात्रुहरू सुतिरहेका थिए।

हैदराबादबाट५४ जना गएका थिए साउदी 

हैदराबाद प्रहरीका अनुसार, नोभेम्बर ९ मा ५४ जना हैदराबादबाट साउदी अरेबिया गएका थिए। उनीहरू नोभेम्बर २३ मा फर्कने कार्यक्रम थियो। यीमध्ये चार जना आइतबार कारबाट छुट्टाछुट्टै मदिना गएका थिए। चार जना मक्कामा बसेका थिए। दुर्घटनामा परेको बसमा ४६ जना सवार थिए।

तेलङ्गना सरकारले रियादस्थित भारतीय दूतावाससँग सम्पर्कमा रहेको बताएको छ। राज्य सरकारले मृतकका प्रतिपरिवार ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ।

मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीका अधिकारीहरूलाई पीडितहरूको पहिचान र अन्य सहयोग गर्न दूतावाससँग नजिकबाट समन्वय गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad