समाज


अगैयामा बससँग मोटरसाइकल ठक्कर खाँदा चालकको मृत्यु

अगैयामा बससँग मोटरसाइकल ठक्कर खाँदा चालकको मृत्यु

सांकेतिक तस्बिर


नेपालखबर
मंसिर १, २०८२ सोमबार २१:११, काठमाडौँ

बाँकेको राप्ती सोनारी  गाउँपालिका–२ अगैयामा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

कोहलपुरबाट काठमाडौँ जाँदै गरेको भे१३प ११८३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको क प्र ११४५ नम्बरको यात्रुबाहक बससँग अगैया बजारमा ठोक्किँदा बर्दियाको गुलरिया नगरपालिका–६ बुद्धटोल बस्ने ४७ वर्षीय कृष्ण घर्ती क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए। 

ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालक क्षेत्रीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो। 

बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकका आफन्तसँग सम्पर्क नभएकाले शवलाई शिक्षण अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad