ग्लोबल


एकादशीका दिन आन्ध्र प्रदेशको वेंकटेश्वर मन्दिरमा भागदौड हुँदा १० जनाको मृत्यु

एकादशीका दिन आन्ध्र प्रदेशको वेंकटेश्वर मन्दिरमा भागदौड हुँदा १० जनाको मृत्यु

भागदौड भएको स्थल


नेपालखबर
कात्तिक १५, २०८२ शनिबार २०:३५, काठमाडौँ

भारतस्थति आन्ध्र प्रदेशको श्रीकाकुलमस्थित कासीबुग्गा वेंकटेश्वर स्वामी मन्दिरमा शनिबार एकादशीको दिन  भागदौड हुँदा दश जनाको मृत्यु भएको छ। तीमध्ये आठ जना महिला र दुई बालबालिका छन्।

भारतीय पत्रिका दैनिक भास्करका अनुसार दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ। मृत्यु हुनेको संख्या बढ्न सक्छ।

स्थानीयका अनुसार मन्दिर पहिलो तलामा छ, जसको प्रवेशद्वार एउटा मात्र छ। आज ठूलो भिडका कारण सडक अवरुद्ध भयो। मानिसहरूबीच धकेलाधकेल हुँदा रेलिङ भाँचियो, जसले गर्दा भागदौड मच्चियो।

श्रीकाकुलमका प्रहरी अधीक्षक केभी महेश्वर रेड्डीले मन्दिर निजी जग्गामा बनेको बताए। मन्दिर प्रशासकले आजको कार्यक्रमबारे प्रशासन वा प्रहरीलाई जानकारी गराएका थिएनन्। उनीहरूलाई पहिले नै जानकारी गराइएको भए सुरक्षा व्यवस्था मिलाउन सकिन्थ्यो।

प्रशासक पाण्डाविरुद्ध 'अनजान हत्या'को मुद्दा दायर गरिएको छ।

सरकारले घटनाको अनुसन्धान गर्न आदेश दिएको छ। प्रहरी अधीक्षक महेश्वर रेड्डीले मन्दिर प्रशासक हरिमुकुन्द पाण्डाविरुद्ध भारतीय दण्ड संहिता (आईपीसी) को धारा ३०४ अन्तर्गत मुद्दा दायर गरिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad