चक्रवात मोन्थाका कारण भारतस्थित आन्ध्र प्रदेशमा आँधी आउँदा महिलाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
भारतीय पत्रिका दैनिक भास्करका अनुसार मोन्था मंगलबार साँझ ७:३० बजे (स्थानीय समय) आन्ध्र प्रदेशको मछलीपट्टनम तटमा ठोक्किन सुरु गरेको थियो र यो प्रक्रिया राति १ बजेसम्म जारी रह्यो।
यस अवधिमा हावाको गति लगभग १०० किलोमिटर प्रतिघण्टा पुगेको थियो। यस साढे ५ घण्टाको अवधिमा मछलीपट्टनममा धेरै ठाउँमा रूख ढले र तटीय घर ढलेका छन्।
धेरै क्षेत्रमा बिजुलीका लाइन अवरुद्ध भएका छन्, पोल ढलेका छन्। कोनासीमामा रुख घरमा ढल्दा एक वृद्ध महिलाको मृत्यु भएको छ। साथै रुख ढल्दा दुई जना घाइते पनि भएका छन्।
मोन्था आँधीले आन्ध्र प्रदेश-यानम तट पार गरेको छ र काकीनाडाको दक्षिण ओडिसातर्फ अघि बढिरहेको छ। मोन्थाले ३०० किलोमिटर क्षेत्रफल ओगटेको छ र ओडिसा पुग्नेछ। आँधीबाट दक्षिणी आठ जिल्ला प्रभावित भएका छन्- गंजम, गजपति, रायगडा, कोरापुट, मलकानगिरी, कन्धमाल, कालाहाण्डी र नबरंगपुर।
राज्य सरकारका अनुसार ११ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। थप ३० हजार मानिसलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ। ३० ओडीआरएफ टोली र ५ एनडीआरएफ टोलीहरू तैनाथ गरिएको छन्।
— Press Trust of India (@PTI_News) October 28, 2025VIDEO | Machilipatnam, Andhra Pradesh: Strong winds lash Manginapudi Beach as Cyclone Montha impacts the coast. NDRF Team Commander Eswar Rao Gadde says, “As everyone knows, due to Cyclone Montha, the 10th battalion team is deployed here in Machilipatnam. We’ve been monitoring… pic.twitter.com/SFjGB8FpXM
Shares

प्रतिक्रिया