ग्लोबल


अविरल वर्षाका कारण केदारनाथ यात्रा स्थगन

अविरल वर्षाका कारण केदारनाथ यात्रा स्थगन

नेपालखबर
भदौ १७, २०८२ मंगलबार ६:३१, काठमाडौँ

उत्तराखण्डका धेरै जिल्लामा भारी वर्षाका कारण केदारनाथ यात्रा तीन दिनका लागि स्थगन गरिएको छ।

रुद्रप्रयागमा निरन्तर भइरहेको वर्षा र मौसम विभागले जारी गरेको चेतावनीका कारण जिल्ला प्रशासनले सेप्टेम्बर १ देखि ३ सम्मका लागि केदारनाथ यात्रा स्थगन गरेको हो। 

जिल्ला मजिस्ट्रेट प्रतीक जैनले तीर्थयात्रीहरूको सुरक्षा र सुविधालाई ध्यानमा राखेर यो कदम चालिएको बताए। उनले सबै सम्बन्धित विभागलाई सतर्क रहन र आवश्यक तयारी गर्न निर्देशन दिएका छन्।

प्रशासनले तीर्थयात्रीहरूलाई आफ्नो यात्रा हाललाई स्थगन गर्न र सुरक्षित स्थानमा बस्न अपिल गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad