ग्लोबल


उत्तर प्रदेश: हातखुट्टामै लेखिन् सुसाइड नोट, त्यसपछि पिइन् विष

उत्तर प्रदेश: हातखुट्टामै लेखिन् सुसाइड नोट, त्यसपछि पिइन् विष

मनीषाको फाइल तस्बिर र उनले हातखुट्टामा लेखेका कुरा (सुसाइड नोट)


नेपालखबर
साउन १, २०८२ बिहिबार ९:४१, काठमाडौँ

भारतीय राज्य उत्तर प्रदेशको बागपतमा एक महिलाले आफ्ना सासू-ससुरालाई दोष दिँदै प्राण त्याग गरेकी छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार श्रीमान्‌सँग सम्बन्ध बिग्रेपछि माइतीघरमा बसेकी उनले हातखुट्टामै सुसाइड नोट लेखेर विष पिएकी हुन्।

सुसाइड नोटमा उनले आफ्ना पति तथा सासू-ससुराले मार्ने धम्की दिएको आरोप लगाएकी छन्।

राठोडा गाउँकी २८ वर्षीया मनीषाले सन् २०२३ मा गाजियाबादको सिद्धिपुर निवासी कुन्दनसँग बिहे गरेकी थिइन्। 

तर ५ महिनापछि मनीषाका सासू-ससुराले दाइजोको माग गर्दै दुर्व्यवहार गर्न थालेको आरोप छ।

यसपछि गत वर्ष २०२४ मा मनीषाका बुबा तेजवीर सिंहले उनलाई आफ्नो घरमा ल्याए।

मनीषाका भाइ विवेकले तीन दिनअघि दिदीको घरबाट २०-२५ जना आएको र सम्बन्ध विच्छेदको कुरा भएको बताएका छन्। 

तर मनीषाले दाइजोको पैसा फिर्ता नभएसम्म सम्बन्ध विच्छेदको कागजातमा हस्ताक्षर नगर्ने अडान लिएकी थिइन्।

विवेकका अनुसार, मनीषा त्यसबेलादेखि नै डिप्रेसनबाट पीडित थिइन्।

यही क्रममा मंगलबार राति परिवारका सदस्य सुतेका बेला मनीषाले विषाक्त पदार्थ खाएको उनको भनाइ छ। 

बिहान परिवारका सदस्य उठ्दा मनीषा ओछ्यानमै मृत भेटिएकी थिइन्।

जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान गर्दा मनीषाको हात र खुट्टामा सुसाइड नोट लेखिएको पाइयो।

सुसाइड नोटमा मनीषाले आफ्ना पति, सासू, ससुरा र देवरले कुटपिट गरेको र मार्ने धम्की दिएको आरोप लगाएकी छन्।

एएसपी बागपत एनपी सिंहका अनुसार अनुसन्धानबाट घरपरिवारसँग उनको झगडा परिरहने पत्ता लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad