ग्लोबल


ओडिसा: यौन शोषणको पीडाले आत्मदाह प्रयास गरेकी छात्राको मृत्यु, प्राचार्य पनि पक्राउ

ओडिसा: यौन शोषणको पीडाले आत्मदाह प्रयास गरेकी छात्राको मृत्यु, प्राचार्य पनि पक्राउ

अनुसन्धानमा खटिएको प्रहरी


नेपालखबर
असार ३१, २०८२ मंगलबार ७:५१, काठमाडौँ

भारतमा अध्यापकलाई यौन उत्पीडनको आरोप लगाउँदै आत्मदाह प्रयास गरेकी छात्राको मृत्यु भएको छ। 

भारतीय राज्य ओडिसाको बालासोरस्थित फकिर मोहन क्याम्पसकी बीएड दोस्रो वर्षकी २० वर्षीया छात्राले एचओडी (विभाग प्रमुख) समीर कुमार साहुले लामो समयदेखि यौन शोषण गरेको तर उजुरी दिँदा पनि क्याम्पस प्रशासनले सुनुवाइ नगरेको भन्दै गत शनिबार (असार २८) दिउँसो क्याम्पसमै जिउमा मट्टितेल खन्याएर आगो लगाएकी थिइन्। 

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सोमबार भुवनेश्वरस्थित एम्स अस्पतालमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीले छात्राको मृत्युमा दुःख व्यक्त गर्दै घटनाका दोषीविरुद्ध कानुनअनुसार कारबाही गरिने आश्वासन दिएका छन्। 

घटनाका मुख्य आरोपित अध्यापक साहुलाई यसअघि नै पक्राउ गरिएको छ भने सोमबार प्राचार्य दिलीप कुमार घोषलाई पनि प्रहरीले गिरफ्तार गरेको छ। 

पीडित परिवारले ती छात्रालाई धेरै महिनादेखि यौन शोषण गरेको आरोप लगाएको छ। यसविरुद्ध कलेज प्रशासनमा उजुरी दिँदा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर उनले त्यस्तो कदम चालेको परिवारको भनाइ छ। 

बरु प्राचार्य प्रिन्सिपल र कलेजको आन्तरिक अनुसन्धान समितिले उल्टै आरोपित शिक्षकलाई बचाउन खोजेको आरोप पीडित परिवारले लगाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad