ग्लोबल


ओडिसा: बीएड विभाग प्रमुखले यौन शोषण गरेको आरोप लगाउँदै छात्राले लगाइन् आफ्नै जिउमा आगो

ओडिसा: बीएड विभाग प्रमुखले यौन शोषण गरेको आरोप लगाउँदै छात्राले लगाइन् आफ्नै जिउमा आगो

नेपालखबर
असार २९, २०८२ आइतबार ५:५२, काठमाडौँ

भारतीय राज्य ओडिसाको बालासोरमा बीएड दोस्रो वर्षकी एक छात्राले क्याम्पसमै आफैँले आफ्नो जिउमा मट्टितेल खन्याएर आगो लगाएकी छन्।

फकिर मोहन क्याम्पसको बीएड विभाग प्रमुख समीर कुमार साहुले यौन शोषण गरेको तर यस विषयमा उजुरी गर्दा क्याम्पस प्रशासनले सुनुवाइ नगरेको भन्दै उनले आत्मदाह प्रयास गरेकी हुन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार घटना शनिबार दिउँसो १ बजेतिरको हो। उनलाई बचाउन खोज्दा अर्का विद्यार्थी पनि जलेर घाइते भएका छन्। दुवैलाई अस्पताल भर्ना गरिएको छ। केटीको अवस्था गम्भीर छ।

समीर कुमार साहुले उनका साथै अन्य छात्रालाई पनि मानसिक र शारीरिक शोषण गरेको आरोप छ। यसविरुद्ध कलेज प्रशासनमा उजुरी गरिएको थियो, तर कुनै कारबाही नभएपछि ती छात्राले आफूलाई आगो लगाएको बताइएको छ। 

प्रहरीले एचओडी समीर कुमार साहुलाई पक्राउ गरेको छ।

यसैबीच कलेज प्रशासनले लापरवाही गरेको भनी ओडिसा सरकारले प्रिन्सिपल दिलीप कुमार घोषलाई निलम्बन गरेको छ।

सरकारी आदेशमा प्रिन्सिपल घोषले अनुमतिबिना सहर छोड्न नपाउने उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad