ग्लोबल


भारतको एउटै जिल्लामा १ महिनाभित्र हृदयाघातका कारण १८ जनाको मृत्यु

भारतको एउटै जिल्लामा १ महिनाभित्र हृदयाघातका कारण १८ जनाको मृत्यु

नेपालखबर
असार १७, २०८२ मंगलबार १३:१७, काठमाडौँ

भारतीय राज्य कर्नाटकको हसन जिल्लामा एक महिनाभित्र हृदयाघातबाट १८ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार हृदयाघातबाट मृत्यु भएकाहरूमा १८ देखि ४० वर्षसम्मका व्यक्ति छन्।

कर्नाटकका स्वास्थ्यमन्त्री दिनेश गुन्डु रावले यसबारे अनुसन्धान गर्न सम्बन्धित निकायलाई आदेश दिएका छन्। 

यो अनुसन्धान जयदेव कार्डियोभास्कुलर साइन्सेस एन्ड रिसर्च इन्स्टिच्युटका निर्देशकको नेतृत्वमा गरिनेछ। 

सीएनएन न्युज १८ सँग कुरा गर्दै स्वास्थ्यमन्त्रीले भने, ‘हामीलाई जानकारी हुनासाथ हामीले अनुसन्धानको आदेश दिएका छौँ। हामी जान्न चाहन्छौँ- यसको पछाडिको कारण के हो?’

उनले अगाडि भने, ‘एक महिनामा १८ जनाको हृदयाघातबाट मृत्यु भएको छ। एउटै जिल्लामा हृदयाघातबाट यति धेरै मृत्यु हुनु चिन्ताजनक छ। यी सबै मृत्यु एउटै जिल्ला हसनमा भएका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad