अमेरिकाले विदेशी विद्यार्थीका लागि भिसा दिने प्रक्रिया पुनः सुरु गर्ने घोषणा गरेको छ।
अमेरिकी विदेश विभागले बुधबार विज्ञप्ति जारी गरी विदेशी विद्यार्थी भिसाका लागि आवेदन प्रक्रिया पुनः चाँडै थालिने जानकारी दिएको हो।
तर आवेदन दिने विद्यार्थीहरूका सामाजिक सञ्जाल भने जाँच गरिने अमेरिकी विदेश विभागले जनाएको छ।
अमेरिकी विदेश विभागले भनेको छ- अधिकारीहरूले अमेरिकी सरकार, संस्कृति, संस्था वा मूल सिद्धान्तविरुद्ध आपत्तिजनक हुन सक्ने पोस्ट र सन्देश अनुसन्धान गर्नेछन्। आफ्नो सामाजिक सञ्जाल अकाउन्ट सार्वजनिक गर्न अस्वीकार गर्ने आवेदकहरूको भिसा आवेदन अस्वीकृत हुन सक्छ।
गत महिना ट्रम्प प्रशासनले नयाँ भिसा अन्तर्वार्ता अस्थायी रूपमा रोकेको थियो र सामाजिक सञ्जाल छानबिन गर्ने तयारी गरिरहेको थियो।
906
Shares

प्रतिक्रिया