ग्लोबल


भारतमा अर्को दर्दनाक घटना: बिहे हुनु अघिल्लो दिन प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या

भारतमा अर्को दर्दनाक घटना: बिहे हुनु अघिल्लो दिन प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या

हुनेवाला दुलही, उनको प्रेमी र मृतक। फोटो: नवभारतटाइम्स


नेपालखबर
असार २, २०८२ सोमबार २२:३, काठमाडौँ

मध्य प्रदेश इन्दौरका इन्दौरका राजा रघुवंशी हनिमुनका क्रममा पत्नीबाट मारिएको घटना भारतभर चर्चाको विषय बनिरहेका बेला त्यस्तै प्रकृतिको झन् खतरनाक अर्को घटना सार्वजनिक भएको छ। 

नवभारत टाइम्सका अनुसार उत्तर प्रदेशस्थित रामपुरकी गुल्फाशा नामकी युवतीले विवाह हुनु एक दिनअगाडि प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या गरेकी हुन्। 

सोमबार प्रहरीले बेहुला हुनेवाला युवकको शव फेला पारेको छ भने हुनेवाला दुलही गुल्फाशा र उनका प्रेमीसहित चार जनाविरुद्ध हत्या र अपहरणमा जाहेरी दर्ता गरिएको छ।

कारबाही प्रक्रिया अघि बढाउने क्रममा प्रहरीले प्रेमी र उनका एक साथीलाई पक्राउ गरेको छ भने दुलही र अर्का अभियुक्त फरार छन्।

गुल्फाशासँग बिहे गर्न ठिक्क परेका रामपुर जिल्लाको गंज प्रहरी चौकी क्षेत्रको मोहल्ला टोलास्थित फकिरोन वाला फाटकका निवासी ३५ वर्षीय निहालको हत्या गरिएको हो। उनी विवाह र पार्टीमा खाना पकाउने गर्थे। भोट प्रहरी चौकी क्षेत्रको धनुपुरा गाउँकी गुल्फाशासँग बिहे गर्न उनी यही जुन १५ तारिख जन्ती लिएर जाने तयारीमा थिए। यसैबीच जुन १४ मा निहाललाई एक युवकले आफ्नो काकाको भाइ भन्दै फोन गरे। अनि नयाँ लुगाको नाप लिन बोलाए।

निहाल घरबाट निस्केर बाइकमा आएका दुई युवकसँग गए। जब ​​निहाल अबेर साँझसम्म फर्किएनन्, खोजी सुरु भयो। जति खोजी गर्दा पनि नभेटेपछि परिवारले गंज प्रहरी चौकीमा हराएको रिपोर्ट दर्ता गराए। 

यसपछि प्रहरीले अनुसन्धान सुरु गर्दै सीसीटीभी फुटेज हेर्‍यो। जसमा दुई युवको पहिचान भयो। प्रहरीले प्रेमी सद्दाम र फरमानलाई पक्राउ गर्‍यो। सोधपुछ गर्दा उनीहरूले निहालको हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ। 

अनि उनीहरूकै भनाइअनुसार सोमबार बिहान अजिमनगर प्रहरी चौकी क्षेत्रको रतनपुरा जंगलमा निहालको शव भेटिएको हो।

एएसपी अतुल श्रीवास्तवका अनुसार पक्राउ गरिएका फरमानले निहाललाई अपहरण गरी घाँटी थिचेर हत्या गरिएको र शव जंगलको मकैबारीमा लुकाइएको बयान दिएका छन्। 

प्रहरीले बताएअनुसार बन्नेवाला दुलही गुल्फाशा एक वर्षदेखि छिमेकी सद्दामसँग प्रेम सम्बन्धमा थिइन्। गुल्फाशाको विवाह हुने भएपछि सद्दाम (३२) रिसाएका थिए। उनले गुल्फाशाको घरमा गएर झगडा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad