खेल


टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध तेस्रो सुपर ओभरमा नेपालको हार

टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध तेस्रो सुपर ओभरमा नेपालको हार

तस्बिर : क्यान


नेपालखबर
असार ३, २०८२ मंगलबार ०:७, काठमाडौँ

स्कटल्यान्डमा जारी टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेदरल्यान्ड्समाथि नेपालले तेस्रो सुपर ओभरमा पुगेर हार व्यहोरेको छ। 

तेस्रो सुपर ओभरमा नेपालले २ विकेट गुमाउँदा कुनै रन बटुल्न सकेन। नेदरल्यान्ड्सले १ रनको लक्ष्य पहिलो बलमा नै छक्का प्रहार गर्दै तेस्रो सुपर ओभरमा पुगेर जित दर्ता गरेको हो।

तेस्रो सुपर ओभरको पहिलो बलमा नै कप्तान रोहित पौडेल क्याच आउट हुन पुगे। क्रिजमा रुपेश सिंह आए। उनले दोस्रो र तेस्रो बल डट राखे। चौथो बलमा सिंह पनि पेभेलियन फर्के। 

पहिलो सुपर ओभरमा १९ रन भएपछि खेल दोस्रो सुपर ओभरमा पुगेको थियो। दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले नेपालले २ विकेट गुमाएर १७ रन बनाएको थियो। दोस्रो सुपर ओभरमा नेपालका ललित राजवंशी बलिङमा आएका थिए। 

नेपालको तर्फबाट ब्याटिङमा कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरी क्रिजमा आएका थिए। 

पहिलो बलमा रोहितले छक्का प्रहार गरे। दोस्रो बलमा दोस्रो बलमा एक रन लिए। तेस्रो बलमा दीपेन्द्रले चौका प्रहार गरे। चौथो र पाचौँ बलमा दिपेन्द्रले रन बटुल्न सकेनन्। अन्तिम बलमा दीपेन्द्रले छक्का प्रहार गरेपछि खेल तेस्रो सुपर ओभरमा पुगेको थियो। 

पहिलो सुपर ओभरमा नेपालले दिएको २० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९ रन बनाएपछि खेल दोस्रो सुपर ओभरमा पुगेको थियो। डच टोलीका लागि माइकल लेभिट र म्याक्स ओ डाउड ब्याटिङमा आएका थिए।  

पहिलो सुपर ओभरमा नेपालका कप्तान रोहित पौडेल र कुशल भुर्तेल ब्याटिङमा आएका थिए। कुशलले ४ बलमा १८ रन बनाउँदा कप्तान रोहितले १ रन जोडे। 

सोमबार राति सम्पन्न खेलमा नेदरल्यान्ड्सले दिएको २ सय ५२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ५२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। नेपालले अन्तिम ओभरमा १५ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको हो। 

नेदरल्यान्ड्ससँगको खेलसँगै नेपालले टी–२० आई मा एक सय खेलको कोशेढुङ्गा पार गरेको छ। 

अर्धशतक नजिक पुगेका कप्तान रोहित पौडेल ४८ रनमा क्याच आउट हुन पुगे। कप्तान रोहितले ३५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। 
ओपनर कुशल भुर्तेल ३४ रन बनाउँदा क्याच आउट नै हुन पुगे। डेब्यु खेल खेलेका रुपेश सिंह १९ र किरण ठगुन्ना १५ रन बनाउँदै पेभेलियन फर्के। 

त्यसअघि स्कटल्यान्डको टिटवुडको ग्लासगोमा नेपाली टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको  नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५२ रनको योगफल तयार पारेको थियो। 

तेजा निडामानुरुले बनाएको ३५ रन नै डच टोलीका लागि सर्वाधिक रह्यो। उनले ३७ बलमा १ छक्का सहयोगमा ३५ रन बनाउँदा नन्दन यादवको बलमा बोल्ड आउट भए। 

सकिव जुल्फिकरले २५ रनमा अविजित रहे। 

विक्रम जित सिंहले बनाएको ३० रन थपे। उनले २९ बलमा २ छक्का प्रहार गरे। 

ओपनर माइकल लेभिट २० रन बनाउँदा सन्दीप लामिछानेको बलमा बोल्ड आउट भए। अर्का ओपनर म्याक्स ओ डाउड १९ रन बनाउँदा ललित राजवंशीको बलमा करण केसीको हातबाट क्याच आउट हुन पुगे। 

नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए। उनले आफ्नो स्पेलमा १८ रन खर्चे। 

नन्दन यादवले २ विकेट झारे। ललित राजवंशी र कुशल भुर्तेलले समान एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad