ग्लोबल


भारतमा तीव्र गतिमा फैलिँदै कोरोना संक्रमण, २ दिनमा २१ संक्रमितको मृत्यु

भारतमा तीव्र गतिमा फैलिँदै कोरोना संक्रमण, २ दिनमा २१ संक्रमितको मृत्यु

नेपालखबर
जेठ १८, २०८२ आइतबार १३:४०, काठमाडौँ

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमणकै कारण भारतमा पछिल्ला २ दिनमा मात्रै २१ जनाको मृत्यु भएको छ।

कोरोनाका कारण पछिल्लोपटक शनिबार बेंगलुरुमा ६३ वर्षीय र दिल्लीमा ६० वर्षका पुरुषको मृत्यु भएको हो। 

अहिले भारतमा सक्रिय संक्रमितको संख्या ३ हजार ७८३ पुगेको छ।

यसमा सबैभन्दा बढी केरलामा १ हजार ४ सय जना संक्रमित छन्। अनि महाराष्ट्रमा ४८५ र दिल्लीमा ४३६ कोरोनाका बिरामी छन्। 

पछिल्लो ४८ घण्टामा मात्र हजारभन्दा बढी नयाँ संक्रमित थपिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

भारतको स्वास्थ्य विभागका अनुसार जनवरीदेखि अहिलेसम्म कोरोनाका कारण २८ जनाको मृत्यु भइसकेको छ। तीमध्ये २१ जनाको मृत्यु पछिल्ला २ दिनमा भएको हो। 

यसैबीच कर्नाटक सरकारले सूचना जारी गरी भीडभाड भएका ठाउँमा मास्क लगाउन, शारीरिक दूरी कायम राख्न र सरसफाइमा विशेष ध्यान दिन मानिसहरूलाई आग्रह गरेको छ। ज्वरो, खोकी, छाती दुख्ने वा सास फेर्न गाह्रो भएमा तुरुन्तै परीक्षण गर्न भनिएको छ।

छिमेकी मुलुक र खुला सीमा भएका कारण भारतमा कोरोना संक्रमण बढ्दै जाँदा स्वाभाविक रूपमा नेपालमा पनि जोखिम बढेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad