ad ad

ग्लोबल


केरला पहिरो : मृतकको संख्या ३०० नाघ्यो (भिडिओ)

केरला पहिरो : मृतकको संख्या ३०० नाघ्यो (भिडिओ)

घटनास्थल


नेपालखबर
साउन १९, २०८१ शनिबार १३:४५, काठमाडौँ

भारतस्थित केरलाको वायनाडमा गएको पहिरोमा बेपत्ताहरूको खोजी आज (शनिबार) पाँचौँ दिन पनि जारी छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म पहिरोमा परी मृत्यु हुनेको संख्या ३ सय ८ पुगेको छ। 

केरलाका एडीजीपी (कानुन र व्यवस्था) एमआर अजित कुमारले खोजी जारी रहेको जनाउँदै आज थप एउटा शव फेला परेको जानकारी दिएका छन्। 

उनले भने, ‘जिल्ला प्रशासनका अनुसार हालसम्म ४ सय जना बेपत्ता भएको जानकारी प्राप्त भएको छ, हामीसँग यसभन्दा बढी तथ्यांक छैन।’

पहिरोमा परी घाइते भएका ८४ जना वायनाड, कोझिकोड र मलाप्पुरमका विभिन्न अस्पतालमा उपचाररत छन् भने १८७ जना डिस्चार्ज भइसकेका छन्। 

सेनाले पुन्चिरिमट्टम क्षेत्रमा अस्थायी पुल बनाएको छ ताकि त्यसबाट मेसिन पार गराई पहिरो प्रभावित क्षेत्रमा लगेर खोजी गर्न सकियोस्। वायुसेनाले प्रभावित क्षेत्रको हवाई सर्वेक्षण गरिरहेको छ।

चुरलमला क्षेत्रमा उद्धार तथा राहतको काम जारी छ। सुँघ्ने कुकुरको सहयोगमा शवको खोजी भइरहेको छ। भारतीय सेनाले खोजी र उद्धारलाई सहज बनाउन पञ्चिरिमट्टम क्षेत्रमा मेसिन लान अस्थायी पुल बनाइरहेको छ। 

भिडिओ-

एक परिवारका सबै सदस्यको सकुशल उद्धार 
वायनाड पहिरोमा परेका एक परिवारका चारै सदस्यको सकुशल उद्धार गरिएको छ। पहिरोमा उनको घर बचेको थियो, तर बाँकी क्षेत्रसँग सम्पर्क टुटेको थियो, जसका कारण उनीहरू घरमै फसेका थिए। उद्धार गरिएकामा जोन केजे, जोमोल जोन, क्रिस्टिन जोन र अब्राहम जोन छन्।

४० दिनकी बालिकाको उद्धार 
यस्तै वायनाडमा पहिरोमा परेका ४० दिनकी बालिका र उनका ६ वर्षीय दाइलाई उद्धार टोलीले सकुशल उद्धार गरेको छ। केरलाको वायनाड  पहिरोमा परी एकै परिवारका ६ सदस्यको मृत्यु भए पनि ४० दिनकी अनारा र उनका ६ वर्षीय दाइ मोहम्मद हयान बाँच्न सफल भएका हुन्। 

उद्धार टोलीका अनुसार अनारा र हयानलाई बचाउन उनकी आमा तन्जिरा घरको छतमा टाँसिरहेकी थिइन्। यसै क्रममा हयान अचानक पानीको तीव्र धारामा बगे। तर १०० मिटर पर पुगेर इनार नजिकैको तारमा झुण्डिए। अनि उनलाई उद्धार टोलीले बचायो।

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .