ad ad

ग्लोबल


भारत : मध्यराति डम्पर घरभित्र घुस्दा सुतिरहेका एकै परिवारका ४ जनाको मृत्यु

महिला थिइन् ८ महिनाकी गर्भवती, संयोगले बाँचिन् ७ वर्षीया छोरी
भारत : मध्यराति डम्पर घरभित्र घुस्दा सुतिरहेका एकै परिवारका ४ जनाको मृत्यु

मध्यराति घरभित्र घुसेको डम्पर। तस्बिर : अमरउजाला


नेपालखबर
साउन ५, २०८१ शनिबार ९:३३, काठमाडौँ

भारतको लखनउस्थित अयोध्या राजमार्गमा रहेको बीबीडी प्रहरी चौकी क्षेत्रमा शुक्रबार राति घरभित्रै पसेर डम्परले किच्दा सुतिरहेका एकै परिवारका ४ जनाको मृत्यु भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार मौराङ बोकेको डम्पर अनियन्त्रित भई राजमार्ग छेउको एउटा झुपडीमा पसेको हो। 

डम्परले किच्दा उक्त झुपडीमा सुतिरहेका बाराबंकी जैतपुर बस्ने ३५ वर्षीय उमेश टाइल्स, उनका श्रीमती ३२ वर्षीया निलम, छोरा ४ वर्षीय गोलु, र १३ वर्षीय सन्नीको घटनास्थलमै मृत्यु भएको हो। 

संयोगवश संगै रहेकी ७ वर्षीया छोरी वैष्णवीभने बाँच्न सफल भएको बताइएको छ। 

मृतक महिला ८ महिनाकी गर्भवती थिइन्। 

राति करिब १ बजे एउटा डम्पर अनियन्त्रित भएर घरभित्र पसेको थियो। मृतकका भतिज धरम सिंहले एफआइआर दर्ता गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .