पश्चिम बङ्गालको दार्जिलिङमा सोमबार बिहान कञ्चनजङ्घा एक्सप्रेस (१३१७४) लाई मालवाहक रेलले ठक्कर दिँदा १५ जनाको मृत्यु भएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार अहिलेसम्म घटनास्थलबाट १५ जनाको शव निकालिएको छ भने ६० जना घाइते भएका छन्।
उक्त दुर्घटना आज बिहान ९ बजेतिर भएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार कञ्चनजङ्घा एक्सप्रेस पश्चिम बंगालको अगरतलाबाट सियालदह जाँदै थियो।
रातो संकेतका कारण एक्सप्रेस ट्रेन सिलगढीको रंगपानी स्टेसननजिकै रुइधासामा रोकिएको थियो। त्यही क्रममा उसलाई पछाडिबाट आएको मालवाहक रेलले ठक्कर दिएको हो।
भारी वर्षाका कारण मालवाहक रेलका पाइलटले सिग्नल नदेखेकाले दुर्घटना भएको आशंका गरिएको छ।
1.4k
Shares
प्रतिक्रिया