ad ad

कारोबार


घरजग्गा कारोबार बढ्यो, एकै महिना उठ्यो ४ अर्ब ३३ करोड राजस्व

घरजग्गा कारोबार बढ्यो, एकै महिना उठ्यो ४ अर्ब ३३ करोड राजस्व

नेपालखबर
असार ३, २०८१ सोमबार १३:४४, काठमाडौँ

घरजग्गा कारोबार बढेको छ। जेठमा १ सय ३१ मालपोत कार्यालयले १ लाख ७५ हजार ६ सय २० कारोबार गरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ। 

नेपाल राष्ट्र बैंकले जेठ पहिलो साता चालू आर्थिक वर्षको मौद्रिक समीक्षामार्फत घरजग्गा कारोबारलाई सहज बनाएको थियो। यसअनुसार घरजग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी अनुपातलाई ७० प्रतिशत कायम गरेको थियो। यसअघि यस्तो अनुपात ५० प्रतिशत थियो। 

जेठ महिनामा १३१ मालपोत कार्यालयबाट लिखत पारित ६१ हजार १ सय ६१, नामसारी ७ हजार ७२, संशोधन १५ हजार ९२०, हालसाबिक ४ हजार १३७, रोक्का ४४ हजार ९७५, फुकुवा ३४ हजार २४०, अपार्टमेन्ट लिखत पारित ३०, जग्गा दर्ता ७५ कारोबार भएको छ। 

त्यसैगरी दाखिल खारेज २७१३, मोही हक कायम ३, मोहियानी हक नामसारी ११०, मोही लगत कट्टा ५४१, जग्गा बाँडफाँट १६५, प्रतिलिपि प्रक्रियासम्बन्धी ३ हजार ६७६ वटा कारोबार भएको छ।  

कुल कारोबारमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाबाट ११ हजार ६०५ कारोबार भएको छ। उक्त कार्यालयबाट १ हजार ९ सय ८१ लिखत पारित, १३९ नामसारी, ५ हजार ९०३ संशोधन, ३१७ हालसाबिक, १५०४ रोक्का र १३५९ फुकुवाको कारोबार भएको विभागले उल्लेख गरेको छ। 

कति उठ्यो राजस्व? 
उक्त कारोबारबाट कुल ४ अर्ब ३३ करोड ९२ लाख ४१ हजार ७ सय ६९ रुपैयाँ राजस्व संकलन भएको विभागले उल्लेख गरेको छ। 

उक्त राजस्व १ सय ३२ मालपोत कार्यालयबाट संकलन भएको हो। यसअनुसार सेवा करबाट ३२ करोड, रजिस्ट्रेसन दस्तुरबाट २ अर्ब ८१ करोड ९२ लाख, पुँजीगत लाभकरबाट १ अर्ब ५६ करोड ८८ लाख रुपैयाँ संकलन भएको छ। 

यसअघि वैशाखमा कुल १ अर्ब ३९ करोड ९० लाख ८४ हजार रुपैयाँ, ०८० चैतमा १ अर्ब ४६ करोड ९१ लाख र फागुनमा १ अर्ब २८ करोड ५० लाख रुपैयाँ कुल राजस्व संकलन भएको थियो। 

कारोबारतर्फ वैशाखमा १ लाख ४१ हजार ७ सय ८२, ०८० चैतमा १ लाख ४६ हजार ६ सय ५०, फागुनमा १ लाख ४६ हजार ७०८ वटा कुल कारोबार भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .