ad ad

ग्लोबल


उडिरहेको इन्डिगो विमानमा बमको धम्की आएपछि आपत्‌कालीन अवतरण

उडिरहेको इन्डिगो विमानमा बमको धम्की आएपछि आपत्‌कालीन अवतरण

प्रतिकात्मक तस्बिर


नेपालखबर
जेठ १९, २०८१ शनिबार १२:४२, काठमाडौँ

भारतको चेन्नईबाट मुम्बईका लागि आज बिहान उडेको इन्डिगोको फ्लाइटमा बमको धम्की आएपछि आपत्‌कालीन अवतरण गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान मुम्बई जाँदै गर्दा इन्डिगो विमानमा बमको धम्की आएको हो। 

उडान ६ई५३१४ चेन्नईबाट बिहान ७ बजे उडेको थियो। बिहान करिब साढे ९ बजे मुम्बई एयरपोर्टमा अवतरण भएको थियो। 

विमानस्थलका अधिकारीहरू तुरुन्तै सक्रिय भए। विमानबाट सबै यात्रुलाई सकुशल बाहिर निकालियो। अहिले पूरै विमानभित्र खोजी भइरहेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार इन्डिगोले विज्ञप्ति जारी गर्दै चेन्नईबाट मुम्बई गइरहेको इन्डिगोको फ्लाइट ६ई ५३१४ मा बमको धम्की आएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ- त्यसपछि सुरक्षा निकायको निर्देशनमा विमानलाई सुनसान स्थानमा लगियो। विमानबाट सबै यात्रु सकुशल ओर्लिएका छन्। अहिले विमानभित्र खोजी भइरहेको छ। सबै सुरक्षा जाँच पूरा भएपछि विमानलाई टर्मिनल क्षेत्रमा फिर्ता ल्याइनेछ।

त्यसमा १७२ यात्रु थिए।

भारतीय पत्रिका दैनिक भास्करका अनुसार उक्त विमान  आज बिहान ६.५० बजे चेन्नईबाट प्रस्थान गरेको थियो। मुम्बई जाँदै गर्दा त्यहाँ एक बेवारिसे रिमोट भेटियो। त्यसपछि पाइलटहरूले मुम्बई एयर ट्राफिक कन्ट्रोललाई जानकारी दिए र आपत्‌कालीन अवतरणको अनुमति मागे।

विमान बिहान ८:४५ मा मुम्बई विमानस्थलमा अवतरण भएको थियो। त्यसपछि विमानस्थलमा आपतकाल घोषणा गरियो। दमकल र एम्बुलेन्सलाई तयारी अवस्थामा राखियो।

एक हप्तामा इन्डिगो एयरलाइन्सलाई बमको धम्की आएको यो दोस्रोपटक हो। यसअघि मे २८ मा दिल्लीबाट वाराणसी जाँदै गरेको इन्डिगोको उडान ६ई–२२११ लाई पनि बमको धम्की दिइएको थियो।

विमानमा दुई बालबालिकासहित १७६ जना सवार थिए। विमानमा सवार सबै यात्रुलाई इमर्जेन्सी गेटबाट बाहिर निकालिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .