ad ad

ग्लोबल


मन्दिरको महिला चेन्जिङ रुममा सीसीटीभी, आपत्तिजनक भिडिओ भेटिएपछि महन्त फरार

मन्दिरको महिला चेन्जिङ रुममा सीसीटीभी, आपत्तिजनक भिडिओ भेटिएपछि महन्त फरार

नेपालखबर
जेठ १२, २०८१ शनिबार २१:२, काठमाडौँ

भारतीय प्रान्त उत्तर प्रदेशको गाजियाबादमा पर्ने मुरादनगरमा रहेको धार्मिक स्थलमा महिलाको चेन्जिङ रुममाथि सीसीटीभी क्यामेरा राख्ने विषयमा विवाद भएपछि प्रहरीले स्वघोषित महन्त मुकेश गोस्वामीविरुद्ध मुद्दा दर्ता गरेको छ।

प्रहरीले सीसीटीभी डीभीआर बरामद गरेको छ जसमा महिलाको गोपनीयता हनन हुने धेरै भिडिओ  भेटिएका छन्।

एसीपी नरेश कुमारले बीबीसी हिन्दीसँग भनेका छन्, ‘अभियुक्त महन्त मुकेश गोस्वामी फरार छन् र उनको खोजी भइरहेको छ। पीडित महिलाको बयान लिइएको छ। यस विषयमा अनुसन्धान भइरहेको छ।”

एसीपी नरेश कुमारका अनुसार प्रहरीले सीसीटीभी डीभीआर बरामद गरेको छ, त्यसमा धेरै महिलाको आपत्तिजनक भिडिओ फेला परेका छन्। महिलाको चेन्जिङ रुममा फोकस गरेर क्यामेरा जडान गरिएको थियो।

महिलाको गोपनीयता हननको घटना बाहिरिएपछि मन्दिर परिसरको अतिक्रमण हटाइँदै।

प्रहरीका अनुसार अभियुक्तले आफूलाई महन्त बताए पनि उनी महन्त भएको ठोस जानकारी छैन। अभियुक्तको उमेर ५० वर्ष हाराहारीमा छ।

मन्दिर परिसरमा महिलाको गोपनीयता हनन गरिएको यो घटना बाहिरिएपछि सिँचाइ विभागले पनि मन्दिर परिसरको अतिक्रमण हटाउन सुरु गरेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार एक महिलाले महन्त मुकेश गोस्वामीलाई चेन्जिङ रुमको माथि राखिएको सीसीटीभीबारे जानकारी गराएपछि महन्तले महिलालाई गाली गरेका थिए।

पीडित महिलाले पीसीआर कल गरेर प्रहरीलाई बोलाएकी थिइन्। तर, सो क्रममा महन्त मुकेश गोस्वामी मन्दिर परिसरबाट फरार भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .