भारत औपचारिक रूपमा अमेरिकाको नेतृत्वमा रहेको रणनीतिक गठबन्धन प्याक्स सिलिकामा सामेल भएको छ।
एआई इम्प्याक्ट शिखर सम्मेलनका क्रममा प्याक्स सिलिका घोषणापत्रमा हस्ताक्षर गरिएको हो।
अमेरिकाको विदेश विभागका अनुसार, प्याक्स सिलिका एआई र आपूर्ति शृंखला सुरक्षालाई सम्बोधन गर्ने प्रयास हो।
यसको उद्देश्य सहयोगी र विश्वसनीय साझेदारबिच नयाँ आर्थिक सुरक्षा सहमतिलाई अगाडि बढाउनु हो।
यस अवसरमा भारतका केन्द्रीय मन्त्री अश्विनी वैष्णवले भने, ‘हामी यहाँ केवल शिखर सम्मेलन गरिरहेका छैनौँ; हामी भविष्य निर्माण गरिरहेका छौँ। हामी युवा पुस्ताका लागि जग बसालिरहेका छौँ।’
यसैबिच भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले भने, ‘प्याक्स सिलिकामा भारतको प्रवेश केवल प्रतीकात्मक होइन। यो रणनीतिक र आवश्यक हो।’
उनले थपे, ‘भारत विशाल प्रतिभा भएको देश हो, आफ्ना प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्न पर्याप्त प्रतिभा छ।’
Shares

प्रतिक्रिया