उत्तर कोरियाले शनिबार दुईवटा नयाँ हवाई रक्षा क्षेप्यास्त्र (मिसाइल) परीक्षण गरेको छ।
राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार, यो परीक्षण देशका नेता किम जोङ-उनको निरीक्षणमा गरिएको थियो।
कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले प्राविधिक विवरण नदिईकन भनेको छ, ‘यी हतियारमा उत्कृष्ट लडाइँ क्षमता छ र तिनमा विशेष प्रविधि प्रयोग गरिएको छ।’
एजेन्सीले के दाबी गरेको छ भने परीक्षणले दुवै क्षेप्यास्त्र ड्रोन र क्रुज क्षेप्यास्त्रसहित विभिन्न हवाई लक्ष्य नष्ट गर्न सक्षम छन् भनेर पुष्टि गरेको छ।

दक्षिण कोरियाले मंगलबार सीमा पार गर्ने उत्तर कोरियाली सैनिकहरूमाथि चेतावनी गोली प्रहार गरेका बेला उत्तर कोरियाले यो परीक्षण गरेको हो।
योनहाप एजेन्सीका अनुसार त्यसबेला लगभग ३० जना उत्तर कोरियाली सैनिकले केही समयका लागि डिमिलिटराइज्ड जोन (डीएमजेड) पार गरेका थिए।
दक्षिण कोरियाले गत मंगलबार आफ्ना सेनाले उत्तर चेतावनीका लागि कोरियाली सैनिकहरूमाथि गोली चलाएको स्वीकार गरेको छ। तर लगत्तै उनीहरू भागेकाले अप्रिय घटना हुन नपाएको दाबी उसले गरेको छ।
संयुक्त राष्ट्र संघको कमान्डले पनि घटनाको पुष्टि गरेको छ।
Shares

प्रतिक्रिया