चीनले संयुक्त राज्य अमेरिका र इरानबिच जारी द्वन्द्वको स्थायी अन्त्यका पाकिस्तान तथा अन्य देशले गर्ने मध्यस्थतालाई समर्थन गर्ने बताएको छ।
बीबीसीका अनुसार चीनका विदेशमन्त्री वाङ यीले मंगलबार संयुक्त राष्ट्रसंघमा पत्रकारहरूसँग कुरा गर्दै वर्तमान अवस्थामा सबैभन्दा महत्त्वपूर्ण कुरा संयुक्त राज्य अमेरिका र इरानबिचको वार्ता भएको बताए।
‘किनकि उननीहरू मुख्य पक्ष हुन्’, वाङले भने, ‘हामी पाकिस्तान तथा अन्य देशले गर्ने मध्यस्थतालाई समर्थन गर्छौं। यहाँ आउनुअघि मैले पाकिस्तानी फिल्ड मार्सल असिम मुनिरसँग भेट गरेँ। हामी संयुक्त राज्य अमेरिका र इरानको प्रयासलाई पनि समर्थन गर्छौं।’
चीनको टिप्पणी अमेरिकी सिनेटर लिन्डसे ग्राहमले मध्यस्थकर्ताका रूपमा पाकिस्तानको भूमिकामा प्रश्न उठाएपछि चीनबाट उक्त टिप्पणी आएको हो।
रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले मंगलबार भनेका छन्, ‘संयुक्त राज्य अमेरिका र इरानबिचको युद्धमा मध्यस्थकर्ताका रूपमा पाकिस्तानको भूमिका चिन्ताजनक छ।’
Shares

प्रतिक्रिया