इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहुले इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी जीवित रहेको तर सत्तामा उनको पकड उनका बुबा अली खामेनीको जत्तिकै बलियो नभएको दाबी गरेका छन्।
सीबीएस न्युजको '६० मिनेट्स' कार्यक्रममा दिएको अन्तर्वार्तामा नेतन्याहुले मोज्तबा बंकर वा गोप्य स्थानमा लुकेर बसेको दाबी गरेका हुन्।
उनले अगाडि भनेका छन्, 'र, त्यहाँबाट सत्ता कब्जा गर्ने प्रयास गरिरहेका छन्।'
नेतन्याहुले इरान हाल १९७९ को इस्लामिक क्रान्ति पछिको सबैभन्दा कमजोर चरणमा रहेको दाबी पनि गरे।
उनलेे भनेका छन्, 'इरानी शासनभित्र दरार बढ्दै गएको छ र विभिन्न गुटबिच मतभेद देखापरिरहेका छन्। केही द्वन्द्व जारी राख्न चाहन्छन् भने अरूलाई डर छ कि यसले अर्थतन्त्रलाई ध्वस्त पार्नेछ र मानिसहरू सडकमा निस्कनेछन्।'
516
Shares

प्रतिक्रिया