भारतीय राज्य पश्चिम बंगालमा भारतीय जनता पार्टीले पहिलोपटक आफ्नो सरकार बनाएको छ।
शनिबार भाजपाबाट शुभेन्दु अधिकारी पश्चिम बंगालको पहिलो मुख्यमन्त्री बनेका छन्।
उनले शनिबार बंगाली भाषामा शपथ खाएका छन्। यसपछि उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ढोगेका थिए।

शुभेन्दुका साथै बंगालका राज्यपाल आरएन रविले अन्य पाँच जना विधायकलाई मन्त्रीका रूपमा शपथ गराएका छन्।
दिलीप घोष, अग्निमित्र पल, अशोक कीर्तनिया, खुदिराम टुडु र निसिथ प्रमाणिक मन्त्री बनेका हुन्।
शपथ ग्रहण समारोहमा प्रधानमन्त्री मोदीका साथै गृहमन्त्री अमित शाह र एनडीए र भाजपा शासित राज्यका २० जना मुख्यमन्त्री उपस्थित थिए।
हालै भएको विधानसभा चुनावमा बहुमत ल्याउँदै भाजपाले ममता बनर्जीको १५ वर्षे शासन ढालेर पश्चिम बंगालमा पहिलोपटक सरकार गठन गरेको हो।
यसअघि ममताको पार्टी तृणमूल कंग्रेस (टीएमसी) लगातार ३ कार्यकालदेखि पश्चिम बंगालको सत्तामा थियो।
यही मे मे ४ मा घोषित विधानसभा चुनावको नतिजाअनुसार भाजपाले पश्चिम बंगालका २९४ क्षेत्रमध्ये २०७ स्थानमा जितेर ऐतिहासिक सफलता प्राप्त गरेको हो। तत्कालीन मुख्यमन्त्री ममताको पार्टी टीएमसी भने ८० सिटमा खुम्चिएको छ।
Shares

प्रतिक्रिया