अभिनेतासमेत रहेका तमिलगा भेट्री कजगम (टीभीके) प्रमुख थालापति विजयले बुधबार तमिलनाडु सरकार गठनका लागि राज्यपाल राजेन्द्र अर्लेकरसमक्ष दाबी पेस गरेका छन्।
हालै भएको विधानसभा चुनावमा उनको पार्टी टीभीके १०८ सिट जित्दै तमिलनाडुमा सबैभन्दा ठुलो दल बनेको छ। सरकार बनाउन ११८ सिट चाहिन्छ। यस हिसाबले टीभीकेलाई बहुमतका लागि ११ सिट कम छ।
स्रोतका अनुसार विजयले ११३ विधायकको मात्र समर्थन लिएर सरकार गठनको दाबी पेस गरेका हुन्। उनले बुझाएको समर्थन पत्रमा टीभीकेका १०७ विधायक र कंग्रेसका ५ विधायकको हस्ताक्षर छ।
एएनआई स्रोतका अनुसार राज्यपाल अर्लेकरले ११८ विधायकको समर्थन मागेका छन्। यसका लागि विजयले आफ्नो समय मागेका छन्।
२३४ सदस्यीय तमिलनाडु विधानसभामा टीभीकेले १०८ सिट जिते पनि यसमा विजयले जितेका दुई सिट जोडिएका छन्। त्यसैले एउटा सिट छाड्दा टीभीकेका सांसदको संख्या १०७ मात्र भएको हो। त्यसैले टिभीकेलाई थप ११ विधायक चाहिन्छ।
Shares

प्रतिक्रिया