ग्लोबल


आफ्नै दल भाजपाको भारी जितपछि असमका मुख्यमन्त्रीले किन दिए अचानक राजीनामा?

आफ्नै दल भाजपाको भारी जितपछि असमका मुख्यमन्त्रीले किन दिए अचानक राजीनामा?

नेपालखबर
बैशाख २३, २०८३ बुधबार १३:३६, काठमाडौँ

हालै असममा भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले भारी जित हासिल गरेपछि धेरैलाई लागेको थियो- यहाँका मुख्यमन्त्री हिमन्त विश्व शर्मा तुरुन्त नयाँ सरकार गठनमा लाग्नेछन्। 

तर बुधबार उनले अचानक मुख्यमन्त्री पदबाट राजीनामा दिएर सबैलाई चकित पारेका छन्।

यति ठुलो जितपछि उनले किन यस्तो गरे भन्ने प्रश्न उठेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतको संविधानमा नयाँ विधानसभा गठन भएसँगै पुरानो सरकार स्वतः समाप्त हुन्छ भनी लेखिएको छ। त्यसैले नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न मुख्यमन्त्री र मन्त्रिपरिषद्ले राजीनामा दिनुपर्ने हुन्छ। 

राजीनामापछि शर्मालाई नयाँ मुख्यमन्त्री को होलान् भनेर सोधिएको थियो। 

जवाफमा उनले भनेका छन्, ‘जेपी नड्डा र नायबसिंह सैनी दुवैलाई हाम्रा राष्ट्रिय अध्यक्ष नितिन नवीनले पर्यवेक्षक नियुक्त गरेका छन्। आगामी मुख्यमन्त्री को हुनेछ र अर्को नेता को हुनेछ भन्ने कुरा (भाजपा) विधायक दलले निर्णय गर्नेछ।’

यसपछि भाजपा र एनडीए लोकभवनमा गएर फेरि नयाँ सरकार गठनको दाबी गर्ने उनले बताएका छन्। 

भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले असममा दुईतिहाइ बहुमतका साथ लगातार तेस्रोपटक सरकार गठन गर्न लागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad