अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको डिनर पार्टीका क्रममा भएको गोलीकाण्डप्रति पूर्वराष्ट्रपति बाराक ओबामाले प्रतिक्रिया दिएका छन्।
उनले सामाजिक सञ्जालमार्फत घटना किन भयो भन्ने कुरा अझै स्पष्ट हुन नसके पनि लोकतन्त्रमा हिंसा हुन नदिन सबै पक्षको जिम्मेवारी भएको उल्लेख गरेका छन्।
बाराक ओबामाले एक्समा लेखेका छन्, ‘ह्वाइट हाउस संवाददाताहरूको डिनरमा गोलीकाण्ड किन भयो भन्ने कुरा अझै स्पष्ट छैन। तर लोकतन्त्रमा हिंसाको कुनै स्थान छैन भन्ने कुरा सुनिश्चित गर्नु हामी सबैको जिम्मेवारी हो।’
उनले अगाडि लेखेका छन्, ‘यसले हामीलाई यूएस सिक्रेट सर्भिस एजेन्टले हरेक दिन प्रदर्शन गर्ने बहादुरीको पनि सम्झना गराउँछ। म उनीहरूप्रति आभारी छु। आक्रमणमा घाइते भएका एजेन्टप्रति पनि आभारी छु।’
डिनरमा गोली चलाएको आरोपमा अमेरिकी प्रहरीले एक युवकलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार गिरफ्तार गरिएका व्यक्ति क्यालिफोर्नियाको टोरेन्स निवासी ३१ वर्षीय कोल टोमस एलेन हुन्।
Shares

प्रतिक्रिया