ग्लोबल


ट्रम्पको घोषणा: इजरायल-लेबनन युद्धविराम तीन हप्ता लम्ब्याइयो

ट्रम्पको घोषणा: इजरायल-लेबनन युद्धविराम तीन हप्ता लम्ब्याइयो

ओभल अफिसमा मिडियासँग कुरा गर्दै ट्रम्प


नेपालखबर
बैशाख ११, २०८३ शुक्रबार ९:४, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबननबिचको युद्धविराम तीन हप्ताका लागि बढाइएको घोषणा गरेका छन्।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै उनले ओभल अफिसमा इजरायल र लेबननका अधिकारीहरूबिच बिहीबार भएको वार्तापछि युद्धविराम अवधि बढाइएको जानकारी गराएका हुन्। 

यसअघि यही अप्रिल १६ मा इजरायल र लेबननबिच १० दिनका लागि युद्धविराम गरिएको थियो।

ट्रम्पले वार्ता ‘धेरै राम्रो’ भएको उल्लेख गरेका छन्। वासिङ्टनमा भएको इजरायल-लेबनन वार्तामा अमेरिकाका उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो पनि उपस्थित थिए।

ट्रम्पले लेखेका छन्, ‘अमेरिकाले हेजबुल्लाहबाट आफूलाई बचाउन लेबननसँग मिलेर काम गर्नेछ।’

उनले निकट भविष्यमा आगामी हप्ता भविष्यमा इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहु र लेबननकाी राष्ट्रपति जोसेफ आउनलाई अमेरिकाका स्वागत गरिने पनि बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad