अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हतियार आपूर्ति नगर्न चीनलाई आग्रह गर्दै पत्र पठाएको बताएका छन्।
यसपछि चीनले इरानलाई हतियार नपठाउन सहमति जनाएको दाबी ट्रम्पले ट्रुथ सोसलमार्फत गरेका छन्।
यसअघि उनले फक्स न्युजसँग भनेका छन्, ‘जब मैले चीनले इरानलाई हतियार आपूर्ति गरिरहेको रिपोर्ट पाएँ, तब राष्ट्रपति सी चिनफिङलाई त्यसो नगर्न आग्रह गर्दै पत्र लेखेँ।’
यसपछि सीले जवाफी पत्र पठाउँदै चीनले त्यसो नगरेको बताएको दाबी ट्रम्पले गरेका छन्।
ट्रम्पले इरानसँगको २०१५ को आणविक सम्झौतालाई ‘अहिलेसम्मकै खराब सम्झौता‘को संज्ञा दिएका छन्।
उनले भनेका छन्, ‘यो सम्झौताले इरानलाई आणविक हतियारको छोटो बाटो दियो।’
ट्रम्पको दाबीअनुसार ‘अमेरिकाले गत वर्ष इरानको आणविक स्थलमा बम नहानेको भए इरानले इजरायल, उसका छिमेकी र अमेरिकाविरुद्ध आणविक हतियार प्रयोग गर्ने थियो।’
ट्रम्पले दोहोर्याए, ‘यदि इरानलाई आणविक हतियार दिइयो भने संसार नष्ट हुनेछ।’
Shares

प्रतिक्रिया