ग्लोबल


तीन दशकपछि इजरायल र लेबननबिच वार्ता, द्वन्द्व अन्त्य हुने आशा

तीन दशकपछि इजरायल र लेबननबिच वार्ता, द्वन्द्व अन्त्य हुने आशा

नेपालखबर
बैशाख २, २०८३ बुधबार ८:१, काठमाडौँ

तीन दशकभन्दा बढी समयपछि लेबनन र इजरायलबीच प्रत्यक्ष कूटनीतिक वार्ता भएको छ।

बीबीसीका अनुसार इजरायल र इरान समर्थित हेज्बुल्लाहबिच जारी द्वन्द्व अन्त्यका लागि मंगलबार अमेरिकामा वार्ता गरिएको हो। 

वार्तामा मध्यस्थता गर्ने अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले यसलाई ‘ऐतिहासिक अवसर’ भनेका छन्।

यसले हेज्बुल्लाहको प्रभावलाई हटाउने दिशामा एक कदम अगाडि बढाउने उनको दाबी छ। 

अमेरिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुवै पक्ष प्रत्यक्ष वार्ता सुरु गर्न सहमत भएका छन्, यद्यपि समय र स्थान अझै तय भएको छैन।’

इजरायलले हेज्बुल्लाहलाई उल्लेख गर्दै सबै गैरराज्य सशस्त्र समूहलाई नि:शस्त्रीकरण गर्न चाहेको बताएको छ।

यसैबिच लेबननले देशमा गहिरिँदै गएको मानवीय संकटलाई सम्बोधन गर्न युद्धविराम र ठोस कदम चाल्न माग गरेको छ।

दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध छैन र यस स्तरमा अन्तिम प्रत्यक्ष वार्ता यसअघि १९९३ मा भएको थियो।

लेबननमा मार्च २ मा इजरायलले सैन्य आक्रमण सुरु गरेयता २ हजाभन्दा बढी मानिस मारिइसकेका छन्।

मंगलबार दुई पक्षबिच वासिङ्टनमा वार्ता गरिरहँदा पनि हेज्बुल्लाहले इजरायल र लेबननमा तैनाथ इजरायली सेनामाथि कम्तीमा २४ पटक आक्रमण गरेको दाबी गरिएको छ।

इजरायलले आफ्नो अभियान हेज्बुल्लाहलाई कमजोर पार्ने र निर्मूल पार्ने उद्देश्यले गरिएको बताएको छ। दुई पक्षबिच यसअघि २०२३ र २०२४ मा गाजा युद्धका बेला द्वन्द्व भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad