ग्लोबल


ट्रम्पको संकेत: पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता

ट्रम्पको संकेत: पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता

अमेरिकाका राष्ट्रपित डोनाल्ड ट्रम्प


नेपालखबर
बैशाख २, २०८३ बुधबार ५:४२, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग फेरि पाकिस्तानमा चाँडै वार्ता हुने संकेत गरेका छन्। 

मंगलबार न्युयोर्क पोस्टसँग उनले अमेरिका र इरानबिच ‘आगामी दुई दिनमा’ पुनः वार्ता सुरु हुन सक्ने बताएका हुन्।

उनले भनेका छन्, ‘आगामी दुई दिनमा केही हुन सक्छ र हामी त्यहाँ (पाकिस्तान) जान इच्छुक छौँ।’

यसअघि गत शनिबार पाकिस्तानको इस्लामाबादमा अमेरिका र इरानबिच २१ घण्टा लामो वार्ता भए पनि निष्कर्षविहीन भएको थियो।

जुन वार्तामा अमेरिकाका तर्फबाट उपराष्ट्रपति जेडी भान्स र इरानबाट संसद्‌का सभामुख मोहम्मद बाकर कालिबाफले नेतृत्व गरेका थिए।

यसअघि मंगलबार इरानको सरकारी सञ्चारमाध्यमले पनि इरान र पाकिस्तानबिच सन्देश आदानप्रदान भएको तर अमेरिकासँग थप वार्ताबारे ‘कुनै जानकारी’ नभएको उल्लेख गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad