काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.२ डिग्री सेल्सियस देखिएको छ।
तर आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम सुरुवातको भन्दा केही कम हुने सम्भावना हुन्छ तर कहिलेकाहीँ अहिलेकै कायम रहन पनि सक्छ।
हिजो (मंगलबार) भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम २७.३ डिग्री सेल्सियस थियो। आज अधिकतम तापक्रम २७ देखि २९ डिग्री सेल्सियसको बिचमा रहने अनुमान मौसम महाशाखाले गरेको छ।
यसैबिच यतिबेला काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा रहेको मौसम महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।
‘तर दिउँसो आंशिक बादल लाग्ने सम्भावना छ’, उनले नेपालखबरसँग भने, ‘तर आजलाई पानी पर्ने सम्भावना एकदमै कम छ।’
देशभरको मौसमबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे बुलेटिन जारी गर्नेछ।
Shares

प्रतिक्रिया