अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धबारे सोमबार राति पत्रकार सम्मेलन गरेका छन्।
जसमा उनले इरानविरुद्ध अमेरिकाको युद्ध राम्रोसँग चलिरहेको बताए।
उनले भने, 'यदि अमेरिकाले चाह्यो भने एकै रातमा सिंगो इरानलाई ध्वस्त पार्न सक्छ। आवश्यक परेमा त्यो रात भोलि पनि हुन सक्छ।'
ट्रम्पले पत्रकार सम्मेलनमा भनेका ५ प्रमुख कुरा...
इरानलाई धम्की : यदि अमेरिकाले चाहेमा एक रातमै सिंगो इरानलाई ध्वस्त पार्न सक्छ। आवश्यक परेमा यस्तो कारबाही भोलिकै राति पनि हुन सक्छ।
उद्धार अभियान : इरानमा फसेका अमेरिकी सैनिकलाई उद्धार गर्न अमेरिकाले १५५ सैन्य विमानसहित उद्धार अभियान सञ्चालन गरेको थियो। यसमा लडाकु जेट, बमवर्षक र उद्धार विमान सामेल थिए।
इरानमा हजारौँ हमला : बितेका ३७ दिनमा अमेरिकाले इरानमा १३ हजारभन्दा बढी निसानामा आक्रमण गरिसकेको छ र १० हजारभन्दा बढी लडाकु उडान गरिएको छ।
सूचना लिक गर्नेलाई धम्की : इरानमा फसेको दोस्रो पाइलटबारे मिडियालाई समाचार चुहाउने व्यक्तिलाई खोजिनेछ। आवश्यक परेमा मिडिया कम्पनीविरुद्ध पनि कारबाही गर्न सकिन्छ।
अमेरिकी विमान खसालिएको स्वीकार : इरानले अमेरिकी एफ-१५ विमान खसाल्यो, तर यो शत्रुको भाग्य थियो अर्थात् यो केवल एक भाग्यशाली प्रहार थियो।
पत्रकार सम्मेलनको भिडिओ
JUST IN: 🇺🇸🇮🇷 President Trump says "the entire country [of Iran] could be taken out in one night."
— BRICS News (@BRICSinfo) April 6, 2026
"And that night might be tomorrow night." pic.twitter.com/rTETwkcWG1
Shares

प्रतिक्रिया