ग्लोबल


इरानले भन्यो: हामीलाई संयमता अपनाऊ भन्नुको कुनै अर्थ छैन

इरानले भन्यो: हामीलाई संयमता अपनाऊ भन्नुको कुनै अर्थ छैन

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेई


नेपालखबर
चैत ८, २०८२ आइतबार १४:१४, काठमाडौँ

इरानको विदेश मन्त्रालयले आफ्नो देशलाई संयमताका लागि अपिल गर्नुको कुनै अर्थ नभएको बताएको छ। 

इरानको सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले आक्रमण भएको देशबाट यस्तो कुराको अपेक्षा गर्नु अनुचित भएको बताएका हुन्। 

उनले भनेका छन्, ‘युद्ध रोक्ने जिम्मेवारी तिनै देशको हो, जसले सुरुवात गरे।’ 

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा संयुक्त हवाई आक्रमण गरेयता युद्ध जारी छ।

पहिलो दिनकै आक्रमणमा इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीसहित धेरै जना शीर्ष नेता तथा वरिष्ठ अधिकारी मारिए।

बदलामा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकाका सहयोगी देशमा हवाई हमला गर्दा पूरै मध्यपूर्व द्वन्द्वमा फसेको छ।

यसैबिच इरानले शनिबारदेखि इजरायलविरुद्ध आक्रमण तीव्र पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad