इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानका गुप्तचर मन्त्री इस्माइल खातिब मारिएको दाबी गरेका छन्।
काट्जले विज्ञप्तिमा भनेका छन्, 'हिजो राति इरानका गुप्तचर मन्त्री खातिब पनि मारिएका छन्।'
इरानले भने यस विषयमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।
इस्माइल खातिबलाई २०२१ मा तत्कालीन राष्ट्रपति इब्राहिम रइसीले गुप्तचर मन्त्रीमा नियुक्त गरेका थिए।
यसअघि इजरायलले मंगलबार मात्र इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारेको थियो।
त्यसअघि अमेरिका र इजरायले गत फेब्रुअरी २८ मा इरानमा संयुक्त हवाई हमला गरी त्यहाँका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहित धेरै जना शीर्ष नेता तथा सैन्य अधिकारी मारिसकेको छ।
जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशहरूमा ड्रोन/क्षेप्यास्त्र प्रहार गर्ने क्रम जारी राखेपछि मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ।
Shares

प्रतिक्रिया