ग्लोबल


मदिरा नीतिसम्बन्धी मुद्दामा केजरीवालले पाए सफाइ

मदिरा नीतिसम्बन्धी मुद्दामा केजरीवालले पाए सफाइ

दिल्लीका पूर्वमुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाल


नेपालखबर
फागुन १५, २०८२ शुक्रबार १३:५०, काठमाडौँ

दिल्लीका पूर्वमुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई मदिरा नीतिसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा दिल्लीको राउज एभिन्यु अदालतले सफाइ दिएको छ। 

उनीसँगै पूर्वउपमुख्यमन्त्री मनीष सिसोदियालाई पनि अदालतले सफाइ दिएको छ।

राउज एभिन्यु अदालतले शुक्रबार फैसला सुनाउँदै भने छ, ‘दुवैविरुद्धको आरोप बिनाप्रमाण प्रमाणित हुन सक्दैन।’

भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले उक्त प्रकरणमा केजवरीवालसहित कुल २३ जनाविरुद्ध आरोपपत्र दायर गरेको थियो।

अदालतले उनीहरू कसैविरुद्ध प्रमाण नभएको भन्दै सबैलाई सफाइ दिएको हो।

अभियोगबाट सफाइ पाएपछि पत्रकारसँग केजरीवालले भने, ‘आज अदालतले भारतीय जनता पार्टी (भाजपा) ले केही वर्षदेखि हामीमाथि लगाउँदै आएको सबै आरोप खारेज गरेको छ र सबै अभियुक्तलाई सफाइ दिएको छ।’

केजरीवालले भारतीय न्याय प्रणालीमा आफ्नो विश्वास रहेको बताए।

उनले भने, ‘सत्यको जित भएको छ।’

पूर्वमुख्यमन्त्री केजरीवालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहविरुद्ध आक्रोश पोखे।

उनले भने, ‘मोदीजी र अमित शाहजीले मिलेर स्वतन्त्र भारतमा सबैभन्दा ठुलो राजनीतिक षड्यन्त्र रचे। आम आदमी पार्टीलाई ध्वस्त पार्न पार्टीका पाँच शीर्ष नेताहरूलाई जेल हालियो, यहाँसम्म कि वर्तमान मुख्यमन्त्रीलाई समेत।’

भावुक हुँदै उनले थपे, ‘केजरीवाल भ्रष्ट छैनन्। मैले जीवनमा केवल इमानदारी कमाएको छु। उनीहरूले झुटो मुद्दा दायर गरे र आज यो कुरा प्रमाणित भएको छ।’

अरविन्द केजरीवालकी श्रीमती सुनिता केजरीवालले पनि अदालतको फैसलाप्रति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएकी छन्। 

उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘सत्यको सधैँ जित हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad