लक्ष्मी सनराइज बैंकले क्रेडिट कार्डको पैसा नतिर्ने ३० जनाको सूची सार्वजनिक गरेको छ।
बैंकले तीनपुस्ते विवरण सार्वजनिक गर्दै ३५ दिनभित्र तिर्न निर्देशन दिएको हो।
बैंकले महोत्तरी, मोरङ, सिराहा, संखुवासभा, काठमाडौँ, गोरखा, सुनसरी, चितवन, सप्तरी, गुल्मी, बारा, कैलाली, ललिपुर, कैलाली, धनुषा, सुनसरी, रामेछाप, गोर्खा, लमजुङ, नवलपरासी, कन्चनपुर र रौतहट जिल्लाका शाखा कार्यलयका क्रेडिट कार्डहोल्डरहरुले रकम नतिरेपछि ३५ दिने सूचना जारी गरेको छ।
बैंकले क्रेडिट कार्डको रकम तिर्न बुझाउन बैंकबाट पटक–पटक ताकेता गर्र्दा समेत नतिरी सम्पर्कविहीन भएको भन्दै सूचना जारी गरेको हो।
बैंकले दिएको समयावधिभित्र सम्पर्कमा नआए बैंकले कर्जा असुलीको प्रक्रिया सुरु गरेर कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्ने जनाएको छ।
165
Shares

प्रतिक्रिया