दिल्लीमा भएको एआई इम्प्याक्ट समिटमा भएको हुलदंगामा संलग्न आरोपमा इन्डियन युथ कंग्रेस (आईवाईसी) का राष्ट्रिय अध्यक्ष उदय भानु चिबलाई मंगलबार दिल्ली प्रहरीले गिरफ्तार गरेको छ।
त्यही घटना अनुसन्धानका लागि प्रहरीले मध्य प्रदेशको ग्वालियरबाट तीन जना कंग्रेस नेताहरूलाई पनि पक्राउ गरेको छ।
घटनाकै दिन पक्राउ गरिएका समेत अहिलेसम्म त्यस प्रकरणमा ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आईवाईसीका राष्ट्रिय महासचिव शेष नारायण ओझाले भने, जब युथ कंग्रेसका नेताहरूले शिखर सम्मेलनमा विरोध गरे, तब उनीहरूलाई राष्ट्रविरोधी भनियो। यो त्यही नीति हो, जुन ब्रिटिस शासनकालमा प्रयोग गरिएको थियो।
यही फेब्रुअरी २० तारिखका दिन युथ कंग्रेसका ११ सदस्य एआई समिटमा प्रवेश गरी प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर अंकित टी-सर्ट हल्लाएका थिए। उनीहरूले ‘प्रधानमन्त्री मोदी सम्झौतावादी’जस्ता नारा पनि लगाएका थिए।
Shares

प्रतिक्रिया