समाज


मोटरसाइकल नालामा खस्दा चालकको मृत्यु

मोटरसाइकल नालामा खस्दा चालकको मृत्यु

नेपालखबर
फागुन १२, २०८२ मंगलबार ११:४४, काठमाडौँ

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

मदन भण्डारी लोकमार्गअन्तर्गत बागमती गाउँपालिका–८ तल्लो भवानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा मकवानपुरको बकैया गाउँपालिका–८ बस्तीपुरका ४० वर्षीय प्रेमबहादुर गोले रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। 

फापरबारीबाट हात्तीसुडेतर्फ जाँदै गरेको प्र३–०२–००५प १००८ नम्बरको मोटरसाइकल सोमबार राति नालामा खस्दा मोटरसाइकलका चालकको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका गोलेको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad