चुनावमा भारी बहुमत हासिल गरेपछि बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले नयाँ सरकार गठनको तयारी गरिरहेको छ। सरकारले निर्वाचित सांसदहरूको आधिकारिक राजपत्र सूचना जारी गरेको छ।
पार्टीबाट दुई हिन्दु सांसद पनि निर्वाचित भएका छन्। यीमध्ये ढाका-३ सिट जितेका गोयेश्वर चन्द्र रोयलाई नयाँ मन्त्रिपरिषद्मा समावेश गर्ने सम्भावना छ।

रोयलाई बीएनपीका प्रभावशाली नेता मानिन्छ। उनी लगभग ३० वर्षअघि (१९९१-१९९६) खालिदा जिया नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका थिए।
बंगलादेशी सञ्चारमाध्यमका अनुसार अनुसार, तारिक रहमानले प्रधानमन्त्री पदसहित रक्षा र अन्य पाँच मन्त्रालय आफैसँग राख्ने सम्भावना छ।
बंगलादेशको संविधानको धारा १४८ अनुसार आधिकारिक नतिजा आएको तीन दिनभित्र निर्वाचित प्रतिनिधिहरूलाई शपथ खानुपर्ने हुन्छ।
यही फेब्रुअरी १२ मा सम्पन्न १३औँ संसदीय चुनावबाट निर्वाचित सांसदहरूले मंगलबार शपथ खाँदै छन् भने नयाँ सरकार पनि सोही दिन गठन गरिनेछ।
यो जानकारी निर्वाचन आयोगका सचिव अख्तर अहमदले शनिबार पत्रकार सम्मेलनमा दिएका हुन्।
Shares

प्रतिक्रिया