अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले इरानलाई कहिल्यै आणविक हतियार राख्न अनुमति नदिइने बताएका छन्।
मार्को रुबियोले जर्मनीको म्युनिखमा ब्लुमबर्गलाई अन्तर्वार्ता दिँदै इरानलाई आणविक हतियार राख्न दिन नसकिने अडान व्यक्त गरेका हुन्।
अन्तर्वार्तामा उनले भनेका छन्, ‘यो कुरा एकदमै स्पष्ट छ- किनकि इरानले अमेरिका, युरोप, मध्यपूर्व क्षेत्र र विश्व शान्तिका लागि खतरा निम्त्याउँछ।’
म्युनिख सुरक्षा सम्मेलनमा भाग लिन रुबियो हाल जर्मनीमा छन्।
अमेरिका विदेशमन्त्रीले भनेका छन्, ‘अमेरिका मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति कायम राख्न चाहन्छ किनभने इरानले यस क्षेत्रमा अमेरिकी आधारहरूलाई निसाना बनाउन चासो देखाएको छ र ऊसँग यसो गर्ने क्षमता पनि छ।’
मार्को रुबियोले मध्यपूर्वमा अमेरिकाका सहयोगी र सैन्य आधार रहेको पनि बताए।
उनले भने, ‘अमेरिका यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति कायम राख्न चाहन्छ ताकि इरानको कुनै पनि गल्तीले ठुलो द्वन्द्व ननिम्तियोस्।’
यस क्रममा मार्को रुबियोले आफ्नो राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरूको प्राथमिकता इरानसँग सम्झौतामा पुग्नु भएको भनेर स्पष्ट पारिसकेको पनि बताए।
उनले भने, ‘धेरै गाह्रो छ तर अमेरिकाले प्रयास गरिरहनेछ।’
Shares

प्रतिक्रिया