ग्लोबल


३५ वर्षपछि नयाँ प्रधानमन्त्री पाउँदै बंगलादेश

३५ वर्षपछि नयाँ प्रधानमन्त्री पाउँदै बंगलादेश

नेपालखबर
माघ २४, २०८२ शनिबार २१:५, काठमाडौँ

बंगलादेशमा यही फेब्रुअरी १२ मा संसदीय चुनाव हुँदै छ।

तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत भागेपछि र पूर्वप्रधानमन्त्री खालिदा जियाको मृत्युपछि बंगलादेशमा पहिलोपटक निर्वाचन हुन लागेको हो। 

यसअघि सन् १९९१ देखि २०२४ सम्म ती दुई नेताले नै बंगलादेशको सत्तामा प्रभुत्व जमाइरहेका थिए।

यस हिसाबले अब हुने चुनावबाट बंगलादेशले ३५ वर्षपछि नयाँ प्रधानमन्त्री पाउनेछ। 

उक्त चुनावमा शेख हसिनाको पार्टी अवामी लिगलाई भाग लिन प्रतिबन्ध लगाइएको छ। 

२०२४ को विद्यार्थी आन्दोलनमा भएको हिंसामा अवामी लिगको भूमिका रहेका कारण यसलाई निर्वाचनबाट वञ्चित गरिएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ।

अल जजिराका अनुसार विज्ञहरूले बंगलादेशमा हुने आगामी चुनावले देशको राजनीति मात्र नभई दक्षिण एसियाकै कूटनीति र शक्ति सन्तुलन परिवर्तन गर्न सक्ने बताएका छन्। 

त्यसैले बंगलादेशमा हुन लागेको चुनावलाई भारत, पाकिस्तान र चीनले पनि नजिकबाट निगरानी गरिरहेका छन्।

२०२४ अगस्टदेखि बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकार छ।

राजनीतिक विज्ञहरूका अनुसार हसिनाको पदच्युतपछि बंगलादेशको विदेश नीतिमा ठूलो परिवर्तन आएको छ।

भारतसँग सम्बन्ध बिग्रिएको छ भने पाकिस्तानसँग सम्बन्ध सुधार भएको छ।

उता चीनसँगको रणनीतिक सम्बन्ध बलियो भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad