समाज


गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

फाइल फोटो


नेपालखबर
माघ २४, २०८२ शनिबार २१:६, काठमाडौँ

यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्। जिल्ला सुरक्षा समितिले १४५ मतदानस्थलमध्ये ४८ अतिसंवेदनशील, ५७ संवेदनशील र ४० मतदानस्थललाई सामान्य गरी तीन भागमा वर्गीकरण गरेको छ। 

भौगोलिक कठिनाइ, विगतका निर्वाचनमा भएका गतिविधि, सञ्चार सम्पर्क, यातायातको पहुँच, आपराधिक गतिविधि, दलहरूबीचको प्रतिस्पर्धा, सुरक्षा संवेदनशीलतालगायत विषय र अवस्थाको अध्ययन गरी सोही आधारमा उक्त मतदानस्थलको वर्गीकरण गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए।

जिल्ला सुरक्षा समिति र निर्वाचन कार्यालयले अतिसंवेदनशील भनिएका उक्त मतदानस्थलको निरीक्षण तथा अवलोकनसमेत गरिसकेको छ। समितिद्वारा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित ढङ्गबाट सम्पन्न गर्नका लागि केन्द्रीय सुरक्षा समितिको निर्देशन अनुसार जिल्लामा दु्रत गतिमा काम गरिरहेको उनले उल्लेख गरे। 

मुसिकोट नगपालिका–४ मा रहेको मुसिकोट माविबाट जनता आधारभूत विद्यालय आरुपाटामा आंशिक रूपमा ५१६ जना मतदातालाई सार्नका लागि समितिले गरेको सिफारिस आयोगबाट स्वीकृत भएको समितिका अध्यक्ष गैह्रेले जानकारी दिए।

उनका अनुसार यस पटकको निर्वाचनका लागि जिल्लामा तीन वटा मतदानस्थल थप गरिएको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मतदानस्थल पुनरावोलकन समितिको सिफारिसमा निर्वाचन आयोगद्वारा उक्त मतदानस्थल थप गरिएको प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिए। 

नयाँ थप गरिएका मतदानस्थलमा सत्यवती गाउँपालिका‐६ को वडा कार्यालय, मुसिकोट‐१ स्थित सेवा केन्द्र सिम्ले र गुल्मीदरबार गाउँपालिका‐१ स्थित बलिथुम नरहरि कँडेल माध्यमिक विद्यालय रहेका छन्। जिल्लामा कारागारका कैदी र कर्मचारीका लागि कारागार कार्यालय र रुद्ववेणी वृद्धाश्रममा रहेका वृद्धवृद्धाका लागि सोही वृद्धाश्रममा मतदान केन्द्र राख्नसमेत आयोगमा सिफारिस गरिएको छ। 
 
दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा हाल एक लाख १५ हजार २१० महिला, एक लाख १४ हजार ३३७ पुरुष र अन्य दुई जना मतदाता छन। जिल्लामा हाल १४५ मतदानस्थल र २८४ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकारी ऋषिराम घिमिरेले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad