ग्लोबल


लिबियामा ४ दशक शासन गरेका मुअम्मर गद्दाफीका छोरा मारिए

लिबियामा ४ दशक शासन गरेका मुअम्मर गद्दाफीका छोरा मारिए

नेपालखबर
माघ २१, २०८२ बुधबार १२:२१, काठमाडौँ

लिबियाका पूर्वनेता मुअम्मर गद्दाफीका छोरा सैफ अल-इस्लाम गद्दाफीको गोली हानी हत्या गरिएको छ। 

मंगलबार सैफ अल-इस्लामको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार चार अज्ञात बन्दुकधारीले घरमै पसेर उनलाई गोली हानेका हुन्।

अल अरेबियाका अनुसार गद्दाफी परिवारले भने आफ्नो बगैँचामा हुँदा सैफ अल-इस्लाम हत्या भएको बताएको छ। 

उनलाई गोली हान्नेबित्तिकै आक्रमणकारी घटनास्थलबाट भागेका थिए।

मुअम्मर गद्दाफीका उत्तराधिकारी मानिएका सैफ अल-इस्लामले एक दशकसम्म जेल जीवन र गुमनामपछि राष्ट्रपति चुनावमा उम्मेदवारी दिने प्रयासमा थिए।

यद्यपि उनी कुनै आधिकारिक पदमा थिएनन्। 

तर बुबाको चार दशक लामो शासनकालमा उनलाई देशको सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्थ्यो।

हालसम्म हत्याको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

सैफ अल-इस्लामले एकपटक तेल समृद्ध देश लिबियामा आफ्ना बुबा मुअम्मर गद्दाफीजस्तै प्रभाव जमनाएका थिए।

तर सन् २०११ मा आफ्ना बुबाको मृत्यु भएपछि उनले एक दशक जेलमा बस्नुपर्‍यो। 

रिहाइपछि उनले राष्ट्रपतिका लागि दाबेदारी प्रस्तुत गरेका थिए।

सैफ अल-इस्लाम गद्दाफीको हत्याले विश्वलाई स्तब्ध बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad