युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले धादिङबाट एक युवकलाई पक्राउ गरेको छ।
२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गल्छी गाउँपालिका-१ बस्ने २४ वर्षीय विशाल खतिवडालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
खतिवडालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
विशालले आफूलाई जबरजस्ती करणी गरेको भनेर महिलाले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
507
Shares

प्रतिक्रिया