अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनका प्रतिनिधि इरान सरकारसँग वार्तामा रहेको बताउँदै सहमति हुने आशा व्यक्त गरेका छन्।
तर वार्ता कथं निष्कर्षविहीन भएमा ‘नराम्रो अवस्था’ आउन सक्ने चेतावनी पनि उनले दिएका छन्।
ट्रम्पले भनेका छन्, ‘हामी हाल इरानसँग वार्ता गरिरहेका छौँ र आशा छ- परिणाम सकारात्मक हुनेछ, किनकि यसो भएन भने केही नराम्रो हुन सक्छ।’
ट्रम्पको उक्त अभिव्यक्ति इरानका विदेशमन्त्री अब्बास अराघ्ची र ट्रम्पका विशेष दूत स्टिभ विट्कफबिच केही दिनमा सम्भवतः टर्कीको इस्तानबुलमा प्रत्यक्ष भेटघाट हुने अनुमान भइरहेका बेला आएको हो।
रोयटर्सको रिपोर्टअनुसार, स्टिभ विट्कफ हाल इजरायलमा छन् र उनले त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेटवार्ता गरेका छन्।
यो खबरले उनीहरूको भेटवार्ता वास्तवमा इरान र अमेरिकाबिचको वार्तासँग सम्बन्धित हुन सक्ने सम्भावना बढाएको छ।
Shares

प्रतिक्रिया