ग्लोबल


बंगलादेशमा हुन लागेको चुनावमा आफ्नो पार्टीलाई निषेध गरिएपछि शेख हसिना: 'परिवर्तनको नाममा तानाशाही'

बंगलादेशमा हुन लागेको चुनावमा आफ्नो पार्टीलाई निषेध गरिएपछि शेख हसिना: 'परिवर्तनको नाममा तानाशाही'

नेपालखबर
माघ १०, २०८२ शनिबार ६:१६, काठमाडौँ

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देशमा आगामी फेब्रुअरी हुने चुनावमा भाग लिन आफ्नो पार्टी अवामी लिगलाई वञ्चित गरिएपछि बंगलादेश सरकारको कडा आलोचना गरेकी छन्।

उनले निर्वाचनमा आफ्नो दललाई निषेध गर्नु परिवर्तनका नाममा गरिएको तानाशाही निर्णय भनेकी छन्। 

भारतीय समाचार वेबसाइट द प्रिन्टसँगको अन्तर्वार्तामा उनले भनेकी छन्, ‘यो परिवर्तनको नाममा तानाशाही हो।"

आफ्नो दललाई चुनावबाट बाहिर राख्दा लाखौँ बंगलादेशी मतदानको अधिकारबाट वञ्चित हुने दाबी पनि गरेकी छन्। 

हसिनाले भनेकी छन्, ‘यो कदमले लाखौँ बंगलादेशीहरूलाई मतदान गर्ने अधिकारबाट वञ्चित गर्दछ, जसले आगामी चुनावमा आफ्नो मतदान गर्न पाउने छैनन्।’

उनले बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको पनि आलोचना गरिन्।

हसिनाले भनेकी छन्, ‘यस परिस्थितिमा हुने चुनावलाई स्वतन्त्र, निष्पक्ष वा वैध मान्न सकिँदैन। मतदाताहरूलाई आफ्नो रोजाइको पार्टी छान्ने स्वतन्त्रता हुनुपर्छ।’

‘हिंसा वा विनाशको धम्कीमा बीएनपी (बंगलादेश राष्ट्रवादी पार्टी) वा जमात (जमात-ए-इस्लामी) का लागि घरघरमा गएर उनीहरूलाई रोक्न वा जबरजस्ती गर्न हुँदैन।’

बंगलादेशमा आगामी फेब्रुअरी १२ मा आम चुनाव हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad