ग्लोबल


जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या गर्ने व्यक्तिलाई आजीवन कारावास

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या गर्ने व्यक्तिलाई आजीवन कारावास

नेपालखबर
माघ ७, २०८२ बुधबार १४:२४, काठमाडौँ

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या गर्ने व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाइएको छ।

सिन्जो आबेलाई २०२२ मा नारा सहरमा आयोजित र्‍यालीका क्रममा गोली हानी हत्या गरिएको थियो।

बीबीसीका अनुसार उनको हत्या कसुरमा ४५ वर्षीय तेत्सुया यामागामीलाई आजीवन कारावासको सजाय सुनाइएको हो।

मुद्दा सुनुवाइका क्रममा गत वर्ष टोकियोको एक अदालतमा यामागामीले अपराध स्वीकार गरेका थिए। 

उनले अदालतमा भनेका थिए, ‘सबै कुरा सत्य हो।’ 

पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई २०२२ जुलाई ८ मा स्थानीय समयअनुसार बिहान ११:३० बजे चुनावी र्‍यालीलाई सम्बोधन गर्ने क्रममा पछाडिबाट गोली हानी मारिएको थियो।

यामागामीले आबेलाई घरमै बनाएको बन्दुकबाट गोली हानेका थिए। धेरैवटा गोली लागेका आबेको त्यही दिन अस्पतालमा मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad