अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली वाइनमा २०० प्रतिशत भन्सार महसुल लगाउने भनेपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले टिप्पणी गरेका छन्।
स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा मंगलबार म्याक्रोनले भने, ‘फ्रान्स धम्की होइन, सम्मानमा विश्वास गर्दछ।’
ग्रिनल्यान्ड विवादका सन्दर्भमा उनले युरोपविरुद्ध थप प्रतिबन्ध लगाउने धम्की दिनु गलत भएको बताए।
कुनै देशको भूमि र स्वतन्त्रतालाई दबाब दिन यस्तो हतियार प्रयोग गर्नु गलत भएको टिप्पणी गर्दै फ्रान्सका राष्ट्रपति म्याक्रोनले यो कुनै पनि परिस्थितिमा स्वीकार नगरिने बताएका छन्।
उनले भने, ‘अन्तर्राष्ट्रिय कानूनको कुनै अर्थ नभएको संसार खतरनाक छ, जहाँ शक्तिशाली देशहरू जे चाहन्छन् त्यही गर्छन् र कमजोर मुलुक पीडित हुन बाध्य हुन्छन्।’
Shares

प्रतिक्रिया